arin enterprises

थप ४ हजार ३६९ संक्रमित थप

SamacharDesk – बिकाश | २०७८ जेठ १६, आइतबार

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ४ हजार ३६९ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो पटक गरिएको स्वाब नमूनाको आरटी पिसिआर परिक्षणमा ३ हजार ७०२ जनामा र एन्टिजेन परिक्षणमा ६६७ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा ३४ दशमलव २० प्रतिशतमा कोभिड संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये ११० जना १० वर्षसम्मका बालबालिकाहरु रहेका छन् भने ११ देखि १९ वर्ष उमेर समूहका ३२६ जना छन् ।

नेपालमा काेभिड १९ बाट संक्रमित हुनेकाे कुल संख्या ५ लाख ५७ हजार १२४ पुगेकाे छ । 

देशमा हाल उपचाररत सक्रिय संक्रमितको संख्या एक लाख ८ हजार ८९७ रहेको छ । होम आइसोलेसनमा एक लाख एक हजार ३३४ जना छन् भने विभिन्न संस्थागत आइसोलेसनमा ७ हजार ५६३ उपचाररत छन् ।

आइसीयूमा रहेका एक हजार ५४५ जनामध्ये ४०७ जना भेन्टिलेटरमा छन् ।

गएको २४ घण्टामा ६ हजार २०५ जना संक्रमित संक्रमणमुक्त भई घर फर्केका छन् । हालसम्म ४ लाख ४० हजार ९५५ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् । संक्रमण निको हुनेको दर ७९ दशमलव २ प्रतिशत पुगेको छ ।

पछिल्लो पटक १०९ जना संक्रमितको निधन भएको छ । हालसम्म ७ हजार २७२ जनाको कोभिड १९ का कारण मृत्यु भइसकेको छ ।

Categorized in राष्ट्रिय