arin enterprises

उपत्यकामा करीब ९० प्रतिशत संक्रमित संक्रमणमुक्त

SamacharDesk – बिकाश | २०७८ जेठ १७, सोमबार

पछिल्लो पटक देशभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये एक हजार २६३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।

काठमाडौंबाट ८९०, ललितपुरबाट २५२ र भक्तपुरबाट १२१ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ४१ हजार ४६९ जनालाई कोभिड संक्रमण भइसकेको छ ।

तीमध्ये २ लाख १३ हजार ४९३ जना संक्रमणमुक्त भइसके । उपत्यकामा संक्रमण निको हुनेको दर ८८ दशमलव ४१ प्रतिशत रहेको छ । पछिल्लो पटक उपत्यकामा २ हजार ४० जना संक्रमित निको भएर घर फर्केका छन् ।

उपत्यकामा हाल २५ हजार ५९५ सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये एक हजार ५३८ जनरल/एचडियू वार्डमा उपचाररत छन् भने आइसीयूमा रहेका ४३३ मध्ये १८० जना भेन्टिलेटरमा छन् ।

गएको २४ घण्टामा उपत्यकामा ३१ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा २०, ललितपुरमा ८ र भक्तपुरमा ३ जना संक्रमितको मृत्यु भएको हो । हालसम्म उपत्यकामा २ हजार ३८१ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ । 

Categorized in समाज