धमाधम घट्दै कोरोना परिक्षण
SamacharDesk – बिकाश | २०७८ जेठ २७, बिहिबार

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का नयाँ संक्रमित पहिचानको लागि मात्र १५ हजार २३८ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ ।
आरटी पिसिआर परिक्षणको संख्या १० हजारभन्दा कम मात्र परिक्षण गरिएको छ । मात्र ९ हजार ९०१ पिसिआर परिक्षण र ५ हजार ३३७ एन्टिजेन परिक्षण गरिएको हो ।
पछिल्ला दिनहरुमा आरटी पिसिआर परिक्षणको संख्या घट्दै गएको छ भने एन्टिजेन परिक्षणको संख्या बढ्दै गएको छ । हाल स्थानीय तहमार्फत पनि वडा वडामा एन्टिजेन परिक्षणलाई तीव्रता दिएकोले पनि एन्टिजेन परिक्षणको संख्या बढेको देखिएको छ ।
दिनहुँ परिक्षण संख्या घट्दै जाँदा स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुले भने चिन्ता पोखिरहेका छन् ।
संक्रमणको जोखिम उच्च देखिएको समयमा तुरन्तै परिक्षण घटाईँदा फेरी संक्रमण दर बढ्न सक्ने भन्दै जनस्वास्थ्यविद् र स्वास्थ्यकर्मीहरुले परिक्षण संख्या बढाउनका लागि भनिरहेका छन् ।
यस्तो अवस्थामा आम सर्वसाधारणले भने सरकारले कर उठाउनका लागि निषेधाज्ञा खुकुलो बनाउनका परिक्षण संख्या घटाएर कृत्रिम रुपमा संक्रमित संख्या कम देखाइरहेको आरोप लगाइरहेका छन् ।
Categorized in राष्ट्रिय