arin enterprises

परिक्षणको करीब २५ प्रतिशतमा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७८ जेठ २८, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा परिक्षणको संख्याको २४ दशमलव ७० प्रतिशतमा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जम्मा १५ हजार १८२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ३ हजार ७५० जना संक्रमित भेटिएका हुन् ।

९ हजार ५९८ आरटी पिसिआर परिक्षणमा २ हजार ७०९ जना र ५ हजार ५८४ एन्टिजेन परिक्षणमा एक हजार ४१ जना संक्रमित देखिएका हुन् । तीमध्ये ८१ जना संक्रमित १० वर्षसम्मका बालबालिका छन् भने ११ देखि २० वर्ष उमेर समूहका २११ जना छन् ।

हालसम्म ६ लाख २३ हजार १५१ जनालाई कोभिड संक्रमण भइसकेको छ ।

तीमध्ये साढे ८६ दशमलव २ प्रतिशत संक्रमणमुक्त पनि भइसके । हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमित कोरोना भाईरसलाई परास्त गर्दै संक्रमणमुक्त हुन सफल भइसके । पछिल्लो पटक ५ हजार २२५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

हाल ७५ हजार २७५ जना सक्रिय संक्रमित उपचाररत छन् । ६९ हजार ६८६ जना संक्रमित होम आइसोलेसनमा छन् भने ५ हजार ५८९ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

एक हजार १८९ जनालाई आइसीयूमा राखेर उपचार गरिँदैछ भने तीमध्ये ३६६ जना भेन्टिलेटरमा छन् ।

थप ६७ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ३०५ पुगेको छ ।

Categorized in राष्ट्रिय