arin enterprises

उपत्यकामा ३८० संक्रमित थप, ५३० निको

SamacharDesk – बिकाश | २०७८ आषाढ २६, शनिबार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का ३८० जना नयाँ संक्रमित थप भएका छन् ।

काठमाडौंमा २६१, ललितपुरमा ७४ र भक्तपुरमा ४५ जना संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ६८ हजार ८५७ जना कोभिड १९ बाट संक्रमित भइसके ।

तीमध्ये २ लाख ५८ हजार ३३६ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो पटक ५३० जना संक्रमित निको भएका छन् ।

हाल ७ हजार ६८२ जना सक्रिय संक्रमित उपत्यकामा उपचाररत छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत संक्रमितमध्ये ५०२ जना जनरल/एचडियू वार्डमा छन् भने आइसीयूमा उपचाररत १५४ जनामध्ये ६५ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो पटक काठमाडौंमा ३, ललितपुरमा एक जना गरी उपत्यकामा ४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म उपत्यकामा २ हजार ८३९ जना संक्रमितको मृत्यु भइसकेको छ ।

Categorized in समाज