arin enterprises

२ हजार ३९८ नयाँ संक्रमित थप, २ हजार ७८ निको

SamacharDesk – बिकाश | २०७८ आषाढ २९, मंगलबार

नेपालमा कोभिड १९ का थप २ हजार ३९८ जना नयाँ संक्रमित भेटिएका छन् ।

११ हजार १२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २१ दशमलव ७७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ७ हजार ५८ आरटी पिसिआर परिक्षणमा एक हजार ६३९ जना र ३ हजार ९५४ एन्टिजेन परिक्षणमा ७५९ संक्रमित भेटिएका हुन् ।

नयाँ संक्रमितमध्ये ६० जना १० वर्षसम्मका बालबालिका छन् भने १४२ जना ११ देखि २० वर्ष उमेर समूहका छन् । नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ७ लाख ३ हजार ८५६ पुगेको छ ।

हाल २६ हजार २६१ सक्रिय संक्रमित उपचाररत छन् । २३ हजार ५३९ संक्रमित होम आइसोलेसनमा छन् भने २ हजार ७२२ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा उपचाररत ५८६ जनामध्ये १८२ जना संक्रमित भेन्टिलेटरमा छन् ।

गएको २४ घण्टामा २ हजार ७८ संक्रमित निको हुँदै डिस्चार्ज भएर घर फर्केका छन् । हालसम्म ६ लाख २३ हजार १०५ जना संक्रमित संक्रमण मुक्त हुन सफल भइसकेका छन् ।

थप १२ जना संक्रमितको मृत्यु भएसँगै कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ९ हजार ४१२ पुगेको छ ।

Categorized in राष्ट्रिय