परिक्षणको २० प्रतिशत बढिमा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७८ श्रावण १९, मंगलबार

नेपालमा कोभिड १९ संक्रमितको पहिचानको लागि पछिल्ला दिनमा गरिँदै आएको परिक्षणको क्रममा आज केही बढि संख्यामा परिक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा जम्मा १६ हजार ७१८ जनाको स्वाब नमूनाको परिक्षण गरिएको छ । १० हजार ६३८ आरटी पिसिआर र ६ हजार ८० एन्टिजेन परिक्षण गरिएको थियो ।
परिक्षणको २० दशमलव २३ प्रतिशत संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा कोभिड १९ का ३ हजार ३८३ जना नयाँ संक्रमितहरु भेटिएका हुन् । तीमध्ये ५९ जना १० वर्षसम्मका बालबालिका छन् भने ११ देखि २० वर्ष उमेर समूहका २०२ जना छन् ।
हालसम्म ७ लाख ६५ हजार ८१५ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् ।
गएको २४ घण्टामा एक हजार ९९४ जना संक्रमित निको हुँदै डिस्चार्ज भएका छन् । हालसम्म ६ लाख ६० हजार ११६ जना संक्रमित संक्रमण मुक्त हुन सफल भइसके ।
हाल ३२ हजार ५९ जना सक्रिय संक्रमित उपचाररत छन् । होम आइसोलेसनमा २० हजार २२ जना छन् भने विभिन्न संस्थागत आइसोलेसनमा ३ हजार ३७ जना संक्रमित उपचाररत छन् ।
आइसीयूमा उपचाररत ६८६ संक्रमितमध्ये १६२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
थप २४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ९२२ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ ।
Categorized in राष्ट्रिय