३ हजार ६५१ नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७८ श्रावण २५, सोमबार

नेपालमा आज ३ हजार ६५१ जना कोभिड १९ का नयाँ संक्रमितहरु थपिएका छन् ।
परिक्षण संख्या भने १६ हजार ५९४ रहेको थियो । परिक्षण संख्याको हिसाबले २२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । १० हजार ४४५ आरटी पिसिआर परिक्षणमा २ हजार ६०९ र ६ हजार १४९ एन्टिजेन परिक्षणमा एक हजार ४२ जना संक्रमित भेटिएका हुन् ।
तीमध्ये ६४ जना १० वर्षसम्मका बालबालिकाहरु छन् भने ११ देखि २० वर्ष उमेर समूहका २१४ जना छन् । आजसम्ममा नेपालमा ७ लाख ८७ हजार ६ जना कोभिड १९ बाट संक्रमित भइसके ।
पछिल्लो पटक एक हजार ७८४ जना संक्रमित संक्रमण मुक्त हुँदै डिस्चार्ज भएका छन् । कोरोना संक्रमण निको हुनेको कुल संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ ।
थप २२ जना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १० हजार ११५ पुगेको छ ।
हाल उपचाररत सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ रहेको छ । ३२ हजार ९०७ संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ३८१ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा उपचाररत ७४१ मध्ये १८६ जना भेन्टिलेटरमा छन् ।
Categorized in राष्ट्रिय