arin enterprises

नयाँ संक्रमितको संख्या ५ हजार नजिक, ३५ को मृत्यु

SamacharDesk – बिकाश | २०७८ श्रावण २६, मंगलबार

नेपालमा आज ५ हजार नजिकको संख्यामा कोभिड १९ का नयाँ संक्रमितहरु थपिएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको १९ हजार १२३ वता स्वाब नमूनाको परिक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा २५ दशमलव ६४ प्रतिशतमा संक्रमण देखिएको हो ।

१३ हजार २१७ आरटी पिसिआर परिक्षणमा ३ हजार १९४ र ५ हजार ९०६ एन्टिजेन परिक्षणमा एक हजार ७१० जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म कुल ३७ लाख ७ हजार ३९६ आरटी पिसिआर परिक्षण गरिएकोमा ७ लाख २० हजार ६८० जना संक्रमित भेटिएका छन् । त्यस्तै ३ लाख ६९ हजार ६५० एन्टिजेन परिक्षणमा ७१ हजार २३० जना संक्रमित भेटिएका छन् ।

गएको २४ घण्टामा २ हजार ११५ जना संक्रमित संक्रमण निको हुँदै डिस्चार्ज भएका छन् । कोरोना संक्रमण निको हुनेको कुल संख्या ६ लाख ७३ हजार १९८ पुगेको छ ।

यस अवधिमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ । थप ३५ जना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १० हजार १५० पुगेको छ ।

हाल ३७ हजार ३३२ जना सक्रिय संक्रमित उपचाररत छन् । ३३ हजार ९८५ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार ३४७ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा उपचाररत ७६१ जनामध्ये १७६ जना भेन्टिलेटरमा उपचाररत छन् । 

Categorized in राष्ट्रिय