arin enterprises

सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दै

SamacharDesk – बिकाश | २०७८ श्रावण २७, बुधबार

नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दो छ ।

संक्रमणको दोश्रो लहर शुरु भएसँगै बढेको संक्रमित संख्यामा केही दिन अगाडी कमी पनि आइसकेको थियो । तर पछिल्लो दिनमा नयाँ संक्रमित संख्या बढ्दै गएको अवस्थामा सक्रिय संक्रमितको संख्या पनि बढ्दै संस्थागत आइसोलेसनहरु भरिन थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्याङ्क अनुसार हाल ३८ हजार ३३ जना सक्रिय संक्रमित उपचाररत छन् ।

३४ हजार ८१३ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३ हजार २२० संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् । आइसीयूमा रहेका ७९६ संक्रमितमध्ये १८४ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४८१ नयाँ संक्रमित भेटिएका छन् । १६ हजार ६५६ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा २० दशमलव ८९ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

१० हजार ९०७ आरटी पिसिआर परिक्षणमा २ हजार ६१३ र ५ हजार ७४९ एन्टिजेन परिक्षणमा ८६५ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ७० जना १० वर्षसम्मका बालबालिका छन् भने ११ देखि २० वर्ष उमेर समूहका २०५ जना छन् ।

आजसम्ममा ३७ लाख १८ हजार ३०३ आरटी पिसिआर परिक्षणमा कुल ७ लाख २३ हजार २९६ जनामा र ३ लाख ७५ हजार ३९९ एन्टिजेन परिक्षणमा ७२ हजार ९५ जनामा संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा एक हजार ८८५ संक्रमित निको हुँदै डिस्चार्ज भएका छन् । हालसम्म ६ लाख ७५ हजार ८३ जना संक्रमित कोरोना भाईरसलाई हराउँदै संक्रमण मुक्त हुन सफल भएका छन् । संक्रमण निको हुने दर घटेर ९३ दशमलव ४ प्रतिशतमा झरेको छ ।

थप ३० जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ । 

Categorized in राष्ट्रिय