arin enterprises

८०५ संक्रमित थप हुँदा ९११ निको

SamacharDesk – बिकाश | २०७८ आश्विन २१, बिहिबार

नेपालमा कोभिड १९ का थप ८०५ जना नयाँ संक्रमित थपिएका छन् ।

जम्मा १० हजार ६७२ वटा स्वाब नमूनाको परिक्षण गरिँदा साढे ७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ७ हजार २६४ आरटी पिसिआर परिक्षणमा ६६७ जना र ३ हजार ४०८ एन्टिजेनमा १३८ जना संक्रमित भेटिएका हुन् ।

हालसम्म जम्मा ४२ लाख ६४ हजार ६७ आरटी पिसिआर परिक्षण गरिएकोमा ८ लाख २८२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ६ लाख ४ हजार ७१० एन्टिजेन परिक्षणबाट ९२ हजार ७९० जना संक्रमित भेटिएका छन् ।

कुल संक्रमितमध्ये ७ लाख ७३ हजार १४० जना संक्रमितले संक्रमणलाई परास्त गर्दै संक्रमणमुक्त हुन सफल भइसकेका छन् । पछिल्लो २४ घण्टामा जम्मा ९११ संक्रमित निको हुँदै घर फर्केका छन् ।

यसै अवधिमा थप ८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ । 

Categorized in राष्ट्रिय