कुल संक्रमितमध्ये करीब ३ हजार काठमाडौंबाट
SamacharDesk – बिकाश | २०७८ बैशाख २०, सोमबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढि संक्रमित काठमाडौंमै भेटिएका छन् ।
नेपालमा पछिल्लो पटक थप हुने नयाँ संक्रमितमध्ये ३ हजार ६६६ जना काठमाडौं उपत्यकाबाट रहेका छन् भने काठमाडौंमा २ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरका ५२२ र भक्तपुरका २२२ जना रहेका छन् ।
६ सय बढि संक्रमित भेटिने जिल्लामा रुपन्देही रहेको छ ।
रुपन्देहीमा ६१९ जना संक्रमित भेटिएका छन् । त्यस्तै बाँकेमा ४४० जनामा संक्रमण पुष्टि भएको छ ।
३ सय बढिमा संक्रमण पुष्टि हुने जिल्ला मोरङ र कास्की रहेको छ भने ६ जिल्लामा सय बढिमा संक्रमण देखिएको छ ।
