arin enterprises

एकैदिन ९ हजार बढिमा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७८ बैशाख २३, बिहिबार

नेपालमा हालसम्मकै उच्च संख्यामा कोभिड १९ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा २१ हजार १४२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ३६७ आरटी पिसिआर परिक्षण गरिएकोमा ८ हजार ९७० जनामा र ७७५ एन्टिजेन परिक्षणमा सय जना संक्रमित भेटिएका हुन् ।

परिक्षण संख्याको आधारमा यो ४२ दशमलव ९० प्रतिशत हो ।

नयाँ संक्रमितमध्ये ९ वर्षसम्मका २२९ जना छन् भने १० देखि १९ वर्ष उमेर समूहका ५८८ जना छन् ।

हाल ७२ हजार ५६१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । तीमध्ये ६७ हजार २४६ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेनमा उपचाररत ५ हजार ३१५ छन् भने ६५२ जना आइसीयूमा छन् । तीमध्ये २०१ जनाको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ ।

हालसम्म नेपालमा ३ लाख ६८ हजार ५८० जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् ।

पछिल्लो पटक थप ५४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ ।

गएको २४ घण्टाभित्र संक्रमण निको हुनेको संख्या पनि उल्लेख्य रहेको छ । थप २ हजार ७०७ जना संक्रमित निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । 

Categorized in राष्ट्रिय