arin enterprises

परिक्षणको ४४.४८ प्रतिशतमा कोभिड संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७८ बैशाख २८, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का ९ हजार ४८३ जना नयाँ संक्रमित थप भएका छन् । २० हजार ५९६ आरटी पिसिआर र ७२० एन्टिजेन गरी जम्मा २१ हजार ३१६ वटा स्वाब नमूनाको परिक्षण गरिएको थियो ।

थप हुने नयाँ संक्रमितमध्ये ९ वर्षसम्मका बालबालिका २७ जना छन् भने १० देखि १९ वर्ष उमेर समूहका २६ जना छन् ।

आजको थप संख्यासँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।

हाल ९७ हजार ८ जना सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ८९ हजार ९१४ जना होम आइसोलेसनमा छन् ।

विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत ७ हजार ९४ जनामा एक हजार ८४ जना आइसीयूमा छन् । तीमध्ये २९० जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो पटक ५ हजार २२५ जना संक्रमित निको भइ घर फर्केका छन् । हालसम्म ३ लाख १२ हजार १९ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घन्टामा २२५ जना संक्रमितको मृत्यु भएको तथ्याङ्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।

आज थप भएको मृतकको संख्यामा नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको संख्या समायोजन गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म ४ हजार ८४ जना संक्रमितको मृत्यु भइसकेको छ । 

Categorized in राष्ट्रिय