थप ३६ जना कोरोना भाईरसलाई हराउँदै घर फर्के
SamacharDesk – विकाश | २०७७ जेठ ३१, शनिबार

नेपालमा थप ३६ जना संक्रमितहरुले कोरोना भाईरस संक्रमणलाई जित्दै घर फर्केका छन् ।
पछिल्लो पटक नेपालका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट ३६ जना पुरुष संक्रमण मुक्त भई डिस्चार्ज भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक डिस्चार्ज हुनेमा नारायणी अस्पताल वीरगंजका ५ जना पुरुष रहेका छन् भने साईकृष्णा आइसोलेसन सेन्टर सप्तरीबाट १७ जना पुरुष पनि निको भएका छन् ।
आइसोलेसन सेन्टर सहपूर्व दुदुवा बाँकेबाट पनि ८ जना पुरुष र भरतपुर अस्पताल चितवनमा उपचाररत ६ जना पुरुष पनि संक्रमणलाई जित्दै डिस्चार्ज भएका छन् ।
यससँगै कोरोना संक्रमण निको हुनेको संख्या ९ सय १३ पुगेको छ । तीमध्ये ८ सय २२ पुरुष रहेका छन् भने ९१ जना महिला छन् ।
Categorized in समाज