arin enterprises

निको हुनेको संख्या ९ सय नजिक

SamacharDesk – विकाश | २०७७ जेठ ३०, शुक्रबार

नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमण निको हुनेको संख्या ९ सय नजिक पुगेको छ । 

पछिल्लो पटक थप १६ जना संक्रमण मुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरुमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ८ सय ७७ पुगेको छ । तीमध्ये ७ सय ८६ पुरुष छन् भने ९१ जना महिला छन् ।

कोभिड १९ युनिफाइड अस्पताल बलम्बुबाट एक जना महिला र दुई जना पुरुष निको भई डिस्चार्ज भएका छन् । 

पाटन अस्पतालमा उपचाररत एक जना महिला पनि सक्रमण मुक्त घर घर फर्केकि छन् ।

काठमाडौं मेडिकल कलेज, दुवाकोटबाट दुई जना महिला र एक जना पुरुष निको भई डिस्चार्ज भए ।

विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना पुरुष पनि संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।

ह्याम्स अस्पतालमा उपचाररत एक जना पुरुषले कोरोना संक्रमणलाई परास्त गर्दै अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Categorized in समाज