arin enterprises

एक हजार ३९ नयाँ संक्रमित थप, एक हजार १७३ निको

SamacharDesk – बिकाश | २०७७ भाद्र २८, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का एक हजार ३९ जना नयाँ संक्रमित थप भएका छन् । 

तीमध्ये ३ सय ६५ जना महिला छन् भने ६ सय ७४ जना पुरुषहरु रहेका छन् ।

योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ५४ हजार एक सय ५९ पुगेको छ ।

पछिल्लो पटक एक हजार एक सय ७३ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना निको हुनेको कुल संख्या ३८ हजार ६ सय ९७ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट ८ लाख ४० हजार ५ सय २७ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ९ हजार एक सय ६५ जनाको नमूना परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ हजार ५ सय ३६ रहेको छ ।

सक्रिय संक्रमितको संख्या १५ हजार एक सय १७ जना रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ७ हजार ३ सय ८७ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ हजार ७ सय ३० जना छन् ।

देशभरीमा उपचाररत संक्रमितमध्ये एक सय ६९ जना आइसीयूमा उपचाररत छन् । 

प्रदेश एकमा ६ जना, प्रदेश २ मा ९, वागमती प्रदेशमा एक सय १७, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा ९ जना कोरोना संक्रमित विरामी आइसीयूमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश एकमा एक जना, वागमती प्रदेशमा २० जना, प्रदेश ५ मा एक जना र सुदुरपश्चिम प्रदेशमा एक जना समेत जम्मा २३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो पटक थप ३ जना महिला र पुरुष ६ जना गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा जम्मा तीन सय ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Categorized in राष्ट्रिय