arin enterprises

बालबालिकाहरुलाई खोप दिन सुरु

SamacharDesk | २०७९ आषाढ ९, बिहिबार

सरकारले कोभिड १९ को खोप पुनः सुरु गरेको छ । आजबाट सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा देशका २७ जिल्लामा आजदेखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइने छ । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ ।

बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । देशका बाँकी ५०  जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने तयारी छ ।

बालबालिकालाई फाइजर कम्पनीको खोप दिन लागिएको हो ।

Categorized in राष्ट्रिय