थप एक सय ३६ जना कोरोना संक्रमणबाट निको भए
SamacharDesk – विकाश | २०७७ आषाढ १३, शनिबार

पछिल्लो २४ घन्टामा थप एक सय ३६ जना कोरोना संक्रमितहरु संक्रमण निको भई घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक १८ जना महिला र एक सय १८ जना पुरुष संक्रमण मुक्त भई घर फर्केको जनाएको छ ।
आज सबैभन्दा बढि मोरङको गोठगाउँ आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् । यस सेन्टरबाट ५९ जना पुरुषहरु डिस्चार्ज भएका छन् ।
तीमध्ये भोजपुरका एक, इलाम २, झापाका २९, मोरङका एक, पाँचथरका एक, सुनसरीका २०, ताप्लेजुङका एक र उदयपुर जिल्लाका ४ जना पुरुषहरु रहेका छन् ।
त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराबाट गोरखाका एक पुरुष, कास्कीका ४ महिला र १० पुरुष, पर्वतका एक पुरुष, स्याङ्जा जिल्लाका एक महिला पनि निको भई घर फर्केका छन् ।
जलेश्वर अस्पताल महोत्तरीबाट ७ महिला, कोरोना विशेष अस्पताल दाङबाट एक पुरुष, मेहेलकुना अस्पताल सुर्खेतबाट ७ महिला ६ पुरुष पनि संक्रमणमुक्त भई डिस्चार्ज भए ।
त्यसैगरी सुशील कोईराला प्रखर क्यान्सर अस्पताल बाँकेबाट बर्दियाका ४ महिला र २ पुरुष, बाँकेका २ महिला र २१ पुरुष गरी २९ जना डिस्चार्ज भए ।
यो समेत गरी हालसम्म कोरोना संक्रमण निको हुनेको कुल संख्या दुई हजार आठ सय ३४ पुगेको छ । तीमध्ये २ सय ४२ महिला छन् भने २ हजार ५ सय ९२ पुरुष रहेका छन् ।
आजको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण निको हुनेको दर २३ प्रतिशत रहेको छ ।
Categorized in समाज