कोभिड १९ निको हुनेको संख्या एक हजार नजिक
SamacharDesk – विकाश | २०७७ जेठ ३२, आइतबार

नेपालका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ६१ जना कोरोना संक्रमितहरु कोरोना भाईरसलाई जित्दै डिस्चार्ज भएर घर फर्केका छन् ।
पछिल्लो २४ घन्टामा ६ जना महिला र ५५ जना पुरुषहरु संक्रमण निको भएर उपचाररत अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
नारायणी अस्पताल वीरगंज अस्पतालबाट ३ महिला र ९पुरुष संक्रमणमुक्त भई डिस्चार्ज हुँदा पाटन अस्पताल लगनखेल ललितपुरबाट एक पुरुष निको भएर घर फर्केका छन् ।
विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक महिला र दुई पुरुष पनि निको भएर घर फर्के ।
नर्सिङ इन्स्टिच्यूट गौर रौतहटबाट ९ पुरुषहरु, डडेलधुरा अस्पताल डडेलधुराबाट ५ पुरुषहरु र दार्चुला जिल्ला अस्पताल दार्चुला र डोटी जिल्ला अस्पताल डोटीबाट पनि १/१ जना पुरुषहरु संक्रमणलाई जित्दै डिस्चार्ज भएका छन् ।
सेती प्रादेशिक अस्पताल कैलालीका ६ पुरुषहरु, सहपूर्वा आइसोलेसन सेन्टर बाँके र खजुरा क्यान्सर अस्पताल बाँकेबाट ८/८ जना पुरुष र कोरोना विशेष अस्पताल दाङबाट एक महिला र पाँच पुरुष घर फर्केका छन् ।
यो संख्या थप भएसँगै कोभिड १९ संक्रमण निको हुनेको कुल संख्या ९ सय ७४ पुगेको छ । जसमध्ये पुरुषको संख्या ८ सय ७७ र ९७ जना महिला छन् ।
Categorized in समाज