arin enterprises

विजयी क्रिकेट खेलाडीहरुलाई जनही ३ लाख पुरस्कार

SamacharDesk | २०७९ चैत्र ३, शुक्रबार

हिजो युएईलाई डीएल प्रणालीबाट ९ रनले हराउँदै नेपाल एक दिवसिय विश्वकपको क्वालिफायरमा प्रवेश गरेको छ ।

यसै अवसरमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ ।

विजेता खेलाडीहरूलाई शुक्रवार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो ।

सो अवसरमा खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले आफूलाई अत्यन्त खुसी लागेको र नेपाली क्रिकेट टिमले जसरी प्रदर्शन गर्नुभयो त्यसले खेलाडीहरुले मात्र जित्न भएको छैन, सम्पूर्ण देशले नै जितेको छ भन्नुभयो ।

देशको स्वाभिान उच्च भएको, राष्ट्रको गौरब बढेको छ र आगामी दिनमा थप राम्रो प्रर्दशन होस् भनि अग्रिम शुभकामनासमेत व्यक्त गर्नुभएको छ । 

Categorized in राष्ट्रिय