arin enterprises

काकाको हत्या अभियोगमा भतीज पक्राउ

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १२, शुक्रबार

आफ्नै काकाको हत्या गरेको अभियोगमा महोत्तरीबाट एक पुरुष पक्राउ परेका छन् ।

महोत्तरीको मनरा शिसवा–१ बस्ने बिनोद मण्डललाई आफ्नै काका ६० वर्षीय खेलाउन मण्डलको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

घरायसी वादविवादको क्रममा बिनोदको कुटपिटबाट खेलाउन गम्भीर घाइते भएका थिए । घटनामा घाइते भएपछि खेलाउनलाई उपचारका लागि स्वास्थ्य चौकी मनरा लगिएको थियो त्यहाँ सामान्य उपचार पछि उनी घरमा आई बसिरहेका थिए ।

घरमै बसिरहेकै अवस्थामा उनको मृत्यु भएको थियो ।

घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मनराकट्टीबाट खटिएको प्रहरीले बिनोदलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध