arin enterprises

नुवाकोटमा भरुवा बन्दुक र बारूद सहित ५ जना समातिए

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १३, शनिबार

नुवाकोछ २ नाले भरुवा बन्दुक र बारुदसहित ५ जनालाई पक्राउ गरिएको छ । विदुर नगरपालिका–८ पिडालूबारी जङ्गलबाट बन्दुक र बन्दुकमा लाग्ने १ सय ग्राम बारुदसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले नुवाकोट मेघाङ गाउँपालिका–३ गोगने बस्ने २७ वर्षीय रविन तामाङ, २८ वर्षीय अमर तामाङ, १७ वर्षीय र १५ वर्षीय किशोरहरु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हातहतियार लिएर हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध