arin enterprises

गैंडाको खागसहित ३ जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २१, आइतबार

गैंडाको खागसहित बुटवलबाट ३ जनालाई प्रहरीले आज विहान पक्राउ गरेको छ । बुटवल–८, सुख्खानगरस्थित कलश होटलबाट १ थान गैंडाको खागसहित ३ जनालाई प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुर्खेत लेकबेसी गाउँपालिकाका ३१ वर्षीय भक्त बहादुर थापा, जाजरकोट बोरेकोट–४ का २६ वर्षीय कर्ण बहादुर राउत र काठमाडौं–१ बसन्तपुरका २६ वर्षीय राकेश न्यौपाने रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिने क्रममा केही बेर झडप समेत भएको थियो ।

उनीहरुले प्रहरीसँग रहेको पेस्तोल खोसी गोली चलाउँदा उनीहरु मध्येकै न्यौपाने घाइते भएका छन् । घाइते न्यौपानेलाई लुम्बिनी प्रादेशिक अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ ।

उक्त होटलमा गैंडाको खाग तस्करी हुँदैछ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खागसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त कार्यमा संलग्न एक जना हाल फरार रहेको छ । फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध