अवैध लागूऔषध अफिम सहित पक्राउ
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३०, मंगलबार

रुकुम (पश्चिम) मा अवैध लागूऔषध अफिमसहित आज बिहान एक पुरुषलाई पक्राउ गरीएको छ ।
सानो भेरी गाउँपालिका–३ गरेलाबाट करिब २ केजी ७ सय ग्राम अवैध लागूऔषध अफिमसहित भेरी–६ कोट बस्ने ५३ वर्षीय गोरख कुसारीलाई प्रहरीले पक्राउ गरेको हो ।
बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सिम्लीबाट खटिएको प्रहरी टोलीले कुसारीलाई पक्राउ गरेको हो ।
चेकजाँचको सो लागूऔषधसहित फेला पारी कुसारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Categorized in अपराध