arin enterprises

जग्गाको विवादमा कुटपिट गरी हत्या

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ११, बिहिबार

रौतहटमा जग्गाको विषयमा भएको विवादमा हानाहान हुँदा एक जना पुरुषको मृत्यु भएको छ ।

जग्गाको विषयमा भएको विवाद हानाहानको स्थितीसम्म पुग्दा रौतहत गरुडा–७ भिमडाबर बस्ने ४५ वर्षीय फतिङगा ठाकुरको मृत्यु भएको हो ।

गरुडा–७ मै बस्ने ५० वर्षीय ध्यानी ठाकुरसहित ३ जनाले फतिङ्गालाई कुटपिट गरेका थिए ।

घटनामा घाइते भएका ध्यानीलाई उपचारको लागि सिटी अस्पताल लगिएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

कुटपिट गरी हत्या गरेको अभियोगमा ध्यानीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अन्य २ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध