arin enterprises

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १३, शनिबार

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखराबाट एक पुरुष पक्राउ परेका छन् ।

पोखरा– ९ जाल्पारोडमा खाजा घर संचालन गरी बसेका काभ्रे पाँचखाल–३ का ३४ वर्षीय केशव भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।

भुजेलले खाजा घरमा राम्रो काममा लगाइदिन्छु भनि प्रलोभनमा पारी महिलालाई शुरूमा खाजा बितरणको काममा लगाउने र पछि यौन शोषण गर्ने गरेको पाइएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसारले भुजेलले खाजा घरमा आउने व्यक्तिहरूसँग पैसा लिई महिलाहरुलाई डर धाकधम्की देखाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने र अन्यत्र होटलहरूमा समेत पठाई यौन शोषण गराउने गरेका थिए ।

भुजेलको यस्तो क्रियाकलापको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

भुजेल उपर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Categorized in अपराध