arin enterprises

भन्सार छलि ल्याएको विभिन्न अवैध सामान बरामद

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

बाराका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलि ल्याएको करीब साढे ८ लाख रुपैयाँ बराबरको विभिन्न सामान आइतबार र सोमबार प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरीले भन्सार छलि ल्याइएको सामानहरु बरामद गरेको हो ।

प्रहरीले ४ लाख ५० हजार रुपैयाँ बराबरको बिभिन्न तयारी कपडा, १ लाख ५० हजार रुपैयाँ बराबरको प्याज बरामद गरेको छ ।

साथै मालसामान ओसारपसारमा प्रयोग भएको करीब २ लाख ५० हजार रुपैयाँ बराबरको ४ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको हो ।

सामानको साथमा तस्करीमा संलग्न पर्सा वीरगंजको छपकैया बस्ने ३२ वर्षीया रुवि खातुन समेतलाई प्रहरीले पक्राउ गरेको छ ।

खातुनलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Categorized in अपराध