arin enterprises

अबैध लागूऔषध सहित पक्राउ

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १३, शनिबार

काठमाडौंको पुरानो बानेश्वरबाट अवैध लागू औषधसहित एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

चाबहिल बस्ने सर्लाही केसरजङ्ग नगरपालिका–९का २६ वर्षीय आकाश दाहाललाई नियन्त्रित लागूऔषधसहित प्रहरीले गिरफ्तार गरेको हो ।

आकाशबाट नाइट्रोभेट ६ सय ट्याब्लेट, २ थान ल्यापटप व ३ थान क्यामेरा समेत बरामद भएको प्रहरीले बताएको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले दाहाललाई काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वर सेतोपुलबाट पक्राउ गरेको हो ।

आकाशलाई नियन्त्रित लागूऔषध नाइट्रोभेट ३ सय ट्याब्लेटसहित फेला पारी पक्राउ गरेको र अनुसन्धानको क्रममा निजको कोठाबाट थप ३ सय ट्याब्लेट नाइट्रोभेट, ल्यापटप र क्यामेरा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

यस सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध