arin enterprises

एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा २ जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

बाँकेको नेपालगंजमा पैसा चोरी गर्ने उद्देश्यले बैंकको एटिएम मेशीन तोडफोड गरीरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपालगंज कारकाँदोस्थित माछापुच्छ्रे बैंकको एटिएम बुथमा तोडफोड गरिरहेका २ जनालाई प्रहरीले रङ्गे हात पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत रुपैडिया बाबागंज बस्ने २१ वर्षीय मोबिन अली र सोही ठाउँ बस्ने २१ वर्षीय सलवान अली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी घटनास्थलमा पुग्दा उनीहरु एटिएम बुथ तोडफोड गरी भाग्न लागेका थिए ।

उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Categorized in अपराध