१२ वर्षीया बालिका बलात्कृत
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ११, बिहिबार

सिन्धुपाल्चोकमा एक १२ वर्षीया बालिका बलात्कृत भएकि छन् । बालिकामाथि बलात्कार अभियोगमा सिन्धुपाल्चोकका एक पुरुषलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक सिपापोखरे–७ का २४ वर्षीय रबि दङ्गाललाई बलात्कार अभियोगमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
घटनाको खबर पाएपछि प्रहरी चौकी छौडे दोलखाबाट खटिएको प्रहरी टोलीले दङ्गाललाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बालिकालाई दोलखा तामाकोशी गाउँपालिकास्थित कोदो बारीमा दङ्गालले बलात्कार गरेका थिए ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Categorized in अपराध