arin enterprises

चेक रिपब्लिकसँग क्रोएसियाको बराबरी

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ५, शनिबार

 युरोकपमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरीमा खेलेको  छ ।

शुक्रबार राति हाम्पडेन पार्कमा भएको खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेल्दै अंक बँदेको हो ।

खेलमा सुरुवाती अग्रता भने चेक रिपब्लिकले बनाएको थियो । खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए । क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो ।

तर, खेलको ४७ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई हारबाट जोगाए ।

यो बराबरीसँगै क्रोएसियाले २ खेलमा १ अंक जोड्दै समूह ‘डी’  तालिकाको तेस्रो स्थानमा रहेको छ ।

यस्तै चेक रिपब्लिकले २ खेलमा ४ अंक जोडेको छ । 

 

Categorized in स्पाेर्ट्स