arin enterprises

युरोकपका लागि क्रोएसीयन टिम घोषणा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १३, बिहिबार

 युरोकपका लागि क्रोएसीयाले टिमको घोषणा गरेको छ ।

विश्वकप २०१८को उपविजेता क्रोएसीयाले युरोकप खेल्न २६ सदस्सीय टिमको घोषणा गरेको हो । उक्त टिममा रियल म्याड्रिडका मिडफिल्डर  लुका मोड्रिच पनि छन् ।

युरोकप फुटबल युरोपका विभिन्न ११ शहरमा जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

क्रोएसीयन टिम

गोलकिपर: लोभ्रे कालिनिच, डोमिनिक लिवाकोविच, साइमन स्लुगा

डिफेण्डर : डोमाजोज भिडा, जोको ग्वार्डियोल, डोमाजोज ब्राडारिच, माइल एकोरिच, डेजान लोभ्रेन, सिम वर्साल्जको, बोर्ना ब्यारिच  डुजे क्यालेटा–कार, जोसिप जुरानोभिच

मिडफिल्डर: लुका मोड्रिच, मटेओ कोभाचिच, मार्सेलो ब्रोजोभिच, मिलान बडेलज, मारियो पासालिच, निकोला भ्लासिच, इवान पेरिसिच

फरवार्ड : आन्द्रेज क्रैमरिच, जोसिप ब्रेकालो, मिस्लाव ओर्सिच, आन्टे बुडिमिर, क्रिस्टिजन लोभरिच, आन्टे रेबीच, ब्रुनो पेट्कोविच ।

Categorized in स्पाेर्ट्स