arin enterprises

मन्त्री ढकाललाई कोरोना संक्रमण

SamacharDesk – बिराज | २०७८ बैशाख १९, आइतबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ ।

ट्वीटरमार्फत ट्वीट गर्दै मन्त्री ढकालले आज प्राप्त भएको परिक्षणको रिपोर्टमा आफु र आफ्नी पत्नीसमेतलाई कोभिड संक्रमण भएको नतिजा आएको बताउनुभएको हाे ।

सोही ट्वीटमार्फत मन्त्री ढकालले आफुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाउनुभएको छ ।

मन्त्री ढकाल हाल होम आइसोलेसनमै बसेका छन् ।

आफुसँग सम्पर्कमा आउनेले आवश्यक सावधानी र सजगता अपनाउन पनि ढकालले आग्रह गर्नुभएको छ । 

Categorized in राजनीति