arin enterprises

नेपालमा उत्पादन हुने विद्युतीय सवारीलाई चाहिने कच्चापदार्थमा भंसार छुट

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १६, मंगलबार

नेपालमा दुई पाङ्ग्रे विद्युतीय सवारी उत्पादन गर्न चाहिने कच्चापदार्थ आयातमा ७५ प्रतिशत छुट घोषणा भएको छ ।

नेपालमा उत्पादन हुने विद्युतीय मोटरसाइकल, स्कुटर तथा रिक्सा उत्पादन गर्ने चाहिने कच्चापदार्थमा भंसार छुट हुने भएको हो ।

आफ्नो उत्पादन प्रयोजनका लागि पार्टपुर्जा तथा सहायक सामग्री आयात गर्दा लाग्ने भन्सार महसुलमा छुटको व्यवस्था आर्थिक विधेयक २०८० ले गरेको हो ।

विधेयक अनुसार एसेम्बल गरी सवारीसाधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल्ड सवारी साधनका सामग्री आयात गर्दा भने २५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।   

Categorized in बिजनेस