arin enterprises

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

SamacharDesk – समाचारडेस्क डिस्ट्रिक्ट रिपोर्टर | २०८० चैत्र २९, बिहिबार

सप्तरीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।

गए राति भएको सडक दुर्घटनामा साइकलयात्री शम्भुनाथ नगरपालिका–१० रामपुर जमुवा बस्ने ४० वर्षीय राजकुमार सरदारको मृत्यु भएको हो ।

साइलक चलाउँदै सडकमा जाँदै गरेको अवस्थामा राजकुमारलाई कठौनाबाट पातोतर्फ जाँदै गरेको प्र.१–०५००१ प १३१६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राजकुमारलाई उपचारको लागि युनिक अस्पताल राजबिराज सप्तरी लगिएको थियो ।

युनिक अस्पतालबाट थप उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर मोरङ रिफर गरिएकोमा सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मोटरसाइकल चालक हाल फरार रहेको र मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Categorized in समाज