arin enterprises

प्याट्रिक शिकको दुई गोलसँगै चेक रिपब्लिक विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ३१, सोमबार

युरोकपमा चेक रिपब्लिकले विजयी सुरुवात गरेको छ ।

सोमबार स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा स्कटल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै चेक रिपब्लिकले विजयी सुरुवात गरेको हो  ।

चेक रिपब्लिकको लागि दुवै गोल प्याट्रिक शिकले गरे । उनले ४२ औं मिनेटमा गोलगर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै ५२ औं मिनेटमा दोस्रो गोल गरे । शिकले स्कटल्यान्डका गोलकिपर अघि बढेको मौकामा ४५ मिटर टाढाबाट हानेको बलले गोलपोष्टको जाली चुमेको थियो ।

खेलमा स्कटल्याण्डले पनि गोलको केहि अवसर बनाएको थियो । तर, स्कटल्याण्डले पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

यो जितसँगै चेक रिपब्लिकले ३ अंक जोड्दै समूह ‘डी’ को शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड समूहको अंक विहिन पुछारमा रहेको छ ।

यस समूहमा इंग्ल्यान्ड ३ अंक जोडेर दोस्रो र क्रोएसिया अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स