arin enterprises

डानी अल्भेस १० लाख युरो धरौटीमा रिहा हुने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० चैत्र ८, बिहिबार

बार्सिलोना तथा ब्राजिलका पूर्वफुटबलर डानी अल्भेस सशर्त रिहा हुने भएको छ । अल्भेसलाई स्पेनिस अदालतले एक चौथाइ सजाय भुक्तान गरेपछि सशर्त रिहा गर्न सक्ने फैसला सुनाएको हो ।

उनी १० लाख युरो धरौटीमा रिहा हुनेछन् । शर्तअनुसार उनले स्पेन नछाड्ने गरि ब्राजिलियन र स्पेनिस दुवै पासपोर्ट फिर्ता गर्नुपर्ने छ । त्यस्तै, साप्ताहिक रुपमा उनी अदालतमा उपस्थित हुनुपर्ने हुन्छ । 

गत महिना बलात्कारको अभियोगमा ४० वर्षीय अल्भेसलाई साढे चार वर्षको जेल सजाय सुनाइएको थियो । सन् २०२२ को डिसेम्बरमा बार्सिलोनाको नाइट क्लबमा एक महिलालाई बलात्कार गरेको अभियोगमा उनलाई दोषी ठहर गरिएको थियो ।

अहिले उनी हिरासतमा छन् । पीडितका वकिल एस्टर गार्सियाले भने उक्त निर्णयलाई ‘स्क्यान्डल’ को संज्ञा दिएकी छिन् ।

उनी यो फैसलाबाट आक्रोशित र असन्तुष्ट रहेको र चिनेको व्यक्तिलाई कुनै पनि समयमा १० लाख युरो तिराएर हिँडडुल गर्न नहुने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।

अदालतले अल्भेसलाई पीडितसँग सम्पर्क गर्नबाट रोक लगाएको छ।

एक जना न्यायाधीशको असहमतिका कारण सर्वसम्मत हुन नसकेको उक्त निर्णयविरुद्ध अझै पनि अपिल गर्न सकिनेछ ।

यता अल्भेसका वकिलले भने यसबारे कुनै टिप्पणी गरेका छैनन् । 

Categorized in स्पाेर्ट्स
SKIP THIS buddhan jayanti 2082