डेभिड सिल्भाद्वारा सन्यास घोषणा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १२, शुक्रबार

डेभिड सिल्भाले फुटबलबाट सन्यास लिएका छन् । स्पेनिस खेलाडि सिल्भाले ३७ वर्षको उमेरमा फुटबलबाट बिदा लिने निर्णय लिएका हुन् ।
पछिल्लो हप्ता अभ्यासको क्रममा गम्भिर चोट लागेपछि उनले १९ वर्षको खेल जिवनबाट बिदा लिएका हुन् ।
उनले भ्यालेन्सियाबाट आफ्नो करियरको सुरुआत गरेका थिए । युथ एकेडेमीबाट आएका सिल्भाले १ सय ६८ खेलमा ३२ गोल गरेका छन् ।
साथै उनले सन् २००८ मा स्पेनिस कपको समेत उपाधि जितेका थिए ।
सन् २०१० मा सील्भा म्यानचेस्टर सिटीमा अनुबन्धित भएका थिए । उनी सिटीका सबैभन्दा ठुला लिजेण्ड खेलाडी बनेर निस्किए ।
उनले ४ सय ३६ खेलमा ७७ गोल गर्दै १ सय ४० गोलको एसिस्ट गरेका थिए ।
उनले सिटीबाट १४ मुख्य उपाधि जितेका थिए । जसमा चार प्रिमियर लिगको उपाधि समेत रहेको छ ।
सिटीमा १० वर्ष बिताएका पछि उनी स्पेन फर्किएका थिए । सन् २०२० मा रियल सोसिडाडमा आबद्ध भएका सिल्भाले सोसिडाडमा ९३ खेल खेलेका छन् ।
जसमा ७ गोल गर्नुका साथै १८ एसिस्ट गरेका छन् ।
सोसिडाडलाई पछिल्लो एक दशकमा पहिलो पटक च्याम्पियन्स लिगमा छनोट गराउनमा उनले महत्वपुर्ण भुमिका खेलेका थिए ।
Categorized in स्पाेर्ट्स