चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र ९, मंगलबार

चोरी र हातहतियार खरखजना मुद्दाका फरार एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका ३ बस्ने ३८ वर्षीय विशाल चौधरीलाई सोही ठाउँस्थित चटकपुरबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।
२०७६ असार २३ गते सोही उपमहानगरपालिका ५ तारानगरस्थित विकास सिंहको किराना पसल लगायत विभिन्न स्थानमा चोरी गरेको घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।
साथै सोही स्थानमा उनको डेराबाट गत साउन ३१ गते चोरीको सामान, चोरी गर्न प्रयोग हुने विभिन्न औजार, कटुवा पेस्तोल र ३ राउण्ड गोली समेत प्रहरीले वरामद गरेको थियो ।
जिल्ला अदालत कैलालीबाट चोरीका २ मुद्दामा ६० हजार रुपैयाँ जरिवाना र हातहतियार खरखजना मुद्दामा पुर्पक्षका लागि कारागार राख्ने आदेश भएका चौधरी फरार रहेका थिए ।
चौधरीलाई पुर्पक्षका लागि कारागार राख्ने आदेश भए पश्चात् कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Categorized in अपराध