arin enterprises

इजरायलमा न्यायिक क्षेत्र सुधार कार्यक्रम विरुद्ध प्रदर्शन

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १, सोमबार

इजरायलमा प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुको न्यायिक क्षेत्र सुधार कार्यक्रम विरुद्ध ब्यापक प्रदर्शन भएको छ ।

इजरायली सरकार न्यायाधीशहरुको नियुक्तिमा सरकारको हात माथि पार्ने गरी न्यायिक सुधार सम्बन्धि विधेयकलाई मतदानमा लैजाने तयारीमा लागेपछि विपक्षी दलहरुको आह्वानमा ब्यापक प्रदर्शन भएको हो ।

प्रधानमन्त्री नेतान्याहुको योजना अनुमोदन हुँदा न्यायिक क्षेत्रमा राजनीतिक हस्तक्षेप हावी हुने दाबी विपक्षीहरुले गरेका छन् ।

राजधानी तेलअभिव र अन्य शहरहरुमा लाखौं मानिस सडकमा उत्रिन्दै सरकार बिरुद्ध चर्को नाराबाजी गरेका छन् भने एसओएस लेखेको ठुल्ठुला ब्यानार बोकेका थिए ।

उनीहरुले गुलाबी र सुन्तला रंगको पाउडर हावामा फालेर पनि बिरोध जनाएका छन् ।

प्रदर्शनकारीहरुले जेरुसेलमस्थित प्रधानमन्त्री नेतान्याहुको घर अगाडि पनि प्रदर्शन गरेका छन् भने प्रधानमन्त्री नेतान्याहु अस्वस्थताका कारण अस्पताल भर्ना भएका छन् ।

जतातलैको प्रदर्शनका कारण जनजीवन अस्तब्यस्त बनेको छ ।

विपक्षी दलहरुले २८ हप्तादेखि न्यायिक सुधार कार्यक्रमको विरोधमा प्रदर्शन गर्दै आएका छन् ।

यस्तै सरकारले भने यही जुलाई भित्र विधेयक पारित गर्ने तयारी गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय