युरोकपको लागि डेनमार्कको टिम घोषणा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १२, बुधबार

यहि जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकपका लागि डेनमार्कको टिम घोषणा भएको छ ।
प्रशिक्षक क्यास्पर हुलमान्डले बुधबार युरोकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।
प्रशिक्षक क्यासपरले यो बलियो टिम रहेको र युरोकपको लागि तयार रहेको बताए । टिममा लेस्टर सिटीका गोलकिपर क्यासपर सेमिकलदेखि अनुभवी खेलाडीहरु सिमोन कजार, क्रिस्टियन एरिकसन लागयत छन् ।
टोलीमा ३ गोलकिपर, ९ डिफेण्डर ८, मिडफिल्डर र ६ फरवार्ड छन् ।
डेनमार्क समूह बीमा रहेको छ । उसले समूह चरणमा फिनल्याण्ड, बेल्जियम र रसियासँग खेल्नेछ ।
२६ सदस्यीय डेनिस टोली
गोलकिपर: क्यास्पर सेमिकल, जोनास लोसल, फ्रेडेरिक रोनोव
डिफेण्डर: जेन्स स्ट्रगर लार्सन, सिमोन कजार, आन्द्रेज क्रिस्टेनसन, जोचिम आन्द्रेसेन, डानिएल वास, माथियस जोर्गेनसेन, जोकिम मेले, जानिक भेस्टरगार्ड, निकोलाई बोइलेसेन
मिडफिल्डर: माथिस जानसेन, क्रिस्टियन नोरगार्ड, पिएरे एमिली होजवर्ग, थोमस डिलाने, एन्डर्स क्रिस्टियनसेन, क्रिस्टियन एरिक्सन, मिकेल डाम्सगार्ड, रोवर्ट स्कोभ
फरवार्ड: मार्टिन ब्रेथवेइटे, आन्द्रेज कोर्नेलिस, आन्द्रेस स्कोभ ओल्सेन, युसुफ पाउलसेन, क्यास्पर डोलवरग, जोनास विन्ड
Categorized in स्पाेर्ट्स