arin enterprises

डी मारिया बेन्फिकामा अनुबन्धीत

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २१, बिहिबार

अर्जेन्टिनी फरवार्ड एन्जल डी मारिया पोर्चुगिज क्लब बेन्फिकामा अनुबन्ध भएका छन् ।

३५ वर्षिय डी मारिया दोस्रो पटक पोर्चुगिज क्लब बेन्फिाकामा अनुबन्ध भएका हुन् । उनले क्लबसँग एक वर्षको सम्झौता गरेका छन् ।

डी मारियाले सन् २००७ देखि २०१० सम्म बेन्फिकाबाट खेलेका थिए ।

उनले गत सिजन इटालिनय क्लब युभेन्ट्सबाट खेलेका थिए । त्यसअघि उनी ७ वर्ष पेरिस सेन्ट जर्मेन (पीएसजी)मा रहे ।

क्लबले ट्वीटर मार्फत ‘घरमा तिमीलाई स्वागत छ । डि मारिया ।’ भनेको छ ।

उनी रियल म्याड्रिड आउनु अघि पोर्चुगिज क्लबबाट लिग र कप डबल जितेका थिए ।

Categorized in स्पाेर्ट्स