arin enterprises

हारका बाबजुद लिभरपुल क्वाटरफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण २५, बुधबार

 इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानसँग १–० ले पराजित भएपनि समग्रमा २–१ ले विजयी हुँदै लिभरपुल अन्तिम आठमा पुगेको हो ।

पहिलो लेगमा लिभरपुलले २–० ले जित निकालेको थियो ।

एनफिल्डमा भएको दोस्रो लेगमा पाहुना टोलीलाई जित दिलाउन ६१ औं मिनेटमा लाउटरो मार्टिनेजले निर्णायक गोल गरे ।

यस्तै ६३ औं मिनेटमा एलेक्सिस सान्चेजले दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदा इन्टर १० खेलाडीमा समेटिए पनि यस्को फाइदा लिभरपुलले उठाउन सकेन ।

Categorized in स्पाेर्ट्स