जोकोभिचले जित्यो फ्रेन्च ओपन टेनिसको उपाधि
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २९, सोमबार

सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।
आइतबार राती पेरिसमा भएको खेलमा नर्वेका कास्पर रुडलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् ।
तेस्रो वरीयताका जोकोभिचले चौंथो वरीयताका रुडलाई ७–६(७–१), ६–३ र ७–५ ले पराजित गरे ।
जोकोभिकले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।
यस्तै जोकोभिचले कीर्तिमानी २३ औं ग्रान्डस्लाम उपाधि जितेका छन् । जोकोभिचले राफायल नाडालको नाममा रहेको २२ ग्रान्डस्लामको कीर्तिमान तोडेका हुन् ।
३६ वर्षीय जोकोभिच कम्तिमा तीन पटक मुख्य चार ग्रान्डस्लामको उपाधि जित्ने पहिलो खेलाडी समेत बनेका छन् ।
यता महिलातर्फ पोल्याण्डकी विश्व नम्बर एक इगा स्वेटेकले उपाधि जितेकी छन् ।
Categorized in स्पाेर्ट्स