arin enterprises

डाक्टरहरू फुटसल खेल्दै

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ फाल्गुण ११, आइतबार

पिपल्स डेन्टल कलेज र अस्पतालले इन्टर ब्याच फुटसल आयोजना गर्ने भएको छ ।

अस्पतालका संस्थापक तीर्थरत्न बज्राचार्यको सम्झनामा फागुन १४ गते रिभरफिल्ड फुटसल ग्राउण्डमा ८ औं तीर्थरत्न फुटसल टुर्नामेन्ट आयोजना हुन लागेको हो ।

यस प्रतियोगितामा कलेजमा अध्ययनरत बिडीएस (BDS) प्रथम वर्षदेखि पिजी (PG) गरिरहेका विद्यार्थी र डाक्टरहरू र अस्पताल स्टाफ, कन्सल्टेन्ट डाक्टरहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

पढाई साथै खेलकुदमा पनि भाग लिन सके शारीरिक र मानसिक रूपमा स्वस्थ हुनसक्ने विचार राख्दै यो प्रतियोगीता आयोजना गर्न लागिएको आयोजक बिडीएस इन्टर्न डाक्टरहरू बताउँछन् ।

Categorized in स्पाेर्ट्स