arin enterprises

‘ड्रागन बोट रेस’ मा नेपाल उपविजेता

SamacharDesk | २०८० आषाढ १०, आइतबार

दक्षिण एसियामै पहिलोपटक नेपालमा भएको ‘ड्रागन बोट रेस’ को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको छ ।

पोखराको फेवातालमा आयोजना गरेको ‘ड्रागन बोट रेस’ पाँच सय र दुई सय मिटरतर्फ दुवै उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको हो । दुवै दूरीमा नेपाल एसोसिएशन अफ ¥याफ्टिङ एजेन्ट्स (नारा) को टोली उपविजेता भयो ।

दुवै दूरीमा चीनको युनान तेस्रो भएको छ । उपाधि विजेता सिचुवानले दुवै विधामा गरी ११ लाख रुपैयाँ र उपविजेता नाराले दुवै विधामा गरेर ७ लाख रुपैयाँ पुरस्कार पायो । बोट रेसमा चीनका चार र नेपालका चार गरी ८ टिम सहभागी थिए ।

विजयी टिम र खेलाडीलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली, पोखरा महानगर मेयर धनराज आचार्य लगायतले पुरस्कार प्रदान गर्नुभएको छ ।

दक्षिण एसियामै नेपालमा पहिलो पटक भएको ड्रागन बोट रेसले पोखरामा मात्रै नभइ नेपालकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने व्यवसायीले जनाएका छन् ।

Categorized in स्पाेर्ट्स