arin enterprises

इन्डोनेसियामा ६.२ रेक्टरको भूकम्प

SamacharDesk – समाचारडेस्क | २०७८ फाल्गुण १३, शुक्रबार

इन्डोनेसियाको उत्तरपश्चिमी बुकिटिङ्गी क्षेत्रमा शुक्रबार ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पबाट कम्तीमा दुईजनाको मृत्यु भएको र २० जना घाइते भएका छन् ।

त्यहाँको मौसम, जलवायु र भूगोलविज्ञान एजेन्सी अनुसार शुक्रबार बिहान ८ः३९ बजे सुमात्रा प्रान्तमा भूकम्प गएको हो ।

पहिलो भूकम्पपछि कम्तीमा १५ वटा पराकम्पन गइसकेको जनाइएको छ । जमिनबाट १० किलोमिटरको गहिराइमा झट्का उत्पन्न भए पनि यसबाट सुनामीको खतरा नभएको जनाइएको छ ।

भूकम्पको झट्का इन्डोनेसियासँगै सिंगापुरमा पनि महसुस गरिएको थियो । 

Categorized in अन्तर्राष्ट्रिय