६५ किलो गाँजासहित ८ जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ पौष २४, शुक्रबार

मकवानपुरमा ६५ किलो गाँजासहित आठ जनालाई आज विहान प्रहरीले पक्राउ परेको छ ।
मनहरी गाउँपालिका–८ सिमपानीबाट करिब ६५ किलो अवैध गाँजासहित राक्सिराङ गाउँपालिका–२ बस्ने २२ वर्षीय सुजन प्रजा समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सडकको छेउमा गाडीमा गाँजा लोड गर्न राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध