arin enterprises

दाजुले भाईलाई खुकुरी हाने

SamacharDesk – बिकाश | २०७७ भाद्र २६, शुक्रबार

आफ्नै भाईलाई खुकुरीले हानेर घाइते बनाएको अभियोगमा तेह्रथुमका रामबहादुर तामाङ पक्राउ परेका छन् ।

तेर्हथुमको लालिगुँरास नगरपालिका लसुने बस्ने तामाङले आफ्नै भाई २९ वर्षीय सल बहादुर तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घरमा आएका भाइलाई मादक पदार्थ सेवन गरेका राम बहादुरले घरायसी बिबादको कारण खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको बताइएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले राम बहादुरलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनास्थलमा घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरेको छ । 

राम बहादुर समेतको घुँडामा चोट लागेर घाइते भएकाले दुबै जनालाई उपचारको लागि घरान घोपातर्फ पठाइएको छ । 

घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Categorized in अपराध